डायस्पोरा

देउवा काँग्रेसको अमेरिका संयोजकमा प्रमोद सिटौला चयन

लस एन्जलस। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समूहको अमेरिका संयोजकमा प्रमोद सिटौलालाई तोकेको छ । 

समूहको नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाको संयोजकमा प्रमोद सिटौलालाई मनोनयन गरेका हुन् । जनसम्पर्क समितिलाई नेपाली कांग्रेसले भ्रातृ संगठनको मान्यता दिँदै आएको छ ।

नेपाली कांग्रेसको १५औं नियमित महाविधेशनको तयारीका लागि जनसम्पर्क समिति अमेरिकाको संयोजकमा सिटौलालाई मनोनयन गरिएको डा. कोइरालाले पत्रमा लेखेक छन् ।

संयोजक कोइरालाले पत्रमा नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुन लागेको भन्दै नेपाली जनसम्पर्क समितिको अधिवेशन तोकिएको समयमा पार्टीको मूल्य, मान्यता र विधान बमोजिम गर्न संयोजक सिटौलालाई निर्देशन दिएका छन् । सिटौला जनसम्पर्क समिति अमेरिकाका संस्थापक हुन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्