नेपाल

पहाडी भूभागमा हल्का वर्षा, तराईमा मौसम मुख्यतया सफा रहने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागका अनुसार बिहीबारसम्म देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव छ । हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

बुधबार देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ ।

बिहीबार हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन् चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्