राजनीति

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी हुनुभएको छ भने समावेशीतर्फ विनोदकुमार चौधरी विजयी हुनुभएको छ ।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीतर्फ डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उपसभापति खुलातर्फको मतगणनामा डा. भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको छ भने आचार्यले दुई हजार ३४२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपसभापति समावेशीतर्फ चौधरीले एक हजार ७४५ मत प्राप्त गर्नुभएको छ ।

महामन्त्री खुलातर्फको मतगणनामा पौडेलले चार हजार १९४ मत प्राप्त गरेर पहिलो स्थान हासिल गर्नुभएको छ भने राणा दुई हजार ३३० मत प्राप्त गरी महामन्त्री पदमा विजयी हुनुभएको छ ।

यस्तै महिला महामन्त्रीतर्फको एक पदमा सङ्ग्रौला तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्