अर्थ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ ४८ पैसा र बिक्रीदर १५५ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ०५ पैसा र बिक्रीदर १७३ रुपियाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ४२ पैसा र बिक्रीदर २०५ रुपियाँ २१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपियाँ ०६ पैसा र बिक्रीदर १८६ रुपियाँ ७९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ९० पैसा र बिक्रीदर १०८ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ३५ पैसा र बिक्रीदर १०८ रुपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ६२ पैसा र बिक्रीदर १२१ रुपियाँ ०९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ७६ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर २३ रुपियाँ ०८ पैसा र बिक्रीदर २३ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ १२ पैसा र बिक्रीदर ४१ रुपियाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ४२ पैसा र बिक्रीदर ४२ रुपियाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४२ रुपियाँ ०६ पैसा र बिक्रीदर ४२ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ५२ पैसा र बिक्रीदर ११ रुपियाँ ५७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ४५ पैसा र बिक्रीदर १५ रुपियाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १५ पैसा र बिक्रीदर २३ रुपियाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६८ पैसा र बिक्रीदर १९ रुपियाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपियाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपियाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ४०९ रुपियाँ ०६ पैसा बिक्रीदर ४१० रुपियाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ४०१ रुपियाँ २४ पैसा र बिक्रीदर ४०२ रुपियाँ ८० पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्