नेपाल

पोखरामा स्कुल बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या पाँच पुग्यो

कास्की। पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

यसअघि तीन जनाको मृत्यु भएको घोषणा गरिएकोमा उपचारका क्रममा थप दुई जना बालिकाको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका अन्यको उपचार भइरहेको छ । मृत्यु भएका विद्यार्थीको पहिचान खुल्न बाँकी रहेको र उद्धार कार्य सम्पन्न भएपछि पहिचानको प्रक्रिया अघि बढाइने प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त बसमा २५ जना सवार रहेको बताइएको छ । उनीहरूमध्ये २१ जना विद्यार्थी रहेका छन् । सबै विद्यार्थी कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्