राजनीति
एमाले स्थायी कमिटी: वरिष्ठ नेता भण्डारीको शपथ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ ।
पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित स्थायी कमिटीका सदस्यहरू बैठकमा सहभागी हुनुभएको छ ।
पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई छलफल तथा निर्णयका लागि प्रत्यायोजन गरेका विभिन्न ‘एजेन्डा’माथि स्थायी कमिटीको बैठकमा छलफल हुने कार्यसूची रहेको सो पार्टीका प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो । ती विषयमा आवश्यक छलफल गरी पार्टीको आगामी कार्यदिशा र निर्णयका सम्बन्धमा बैठकले टुङ्गो लगाउने बताइएको छ ।