अर्थ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ९८ पैसा र बिक्रीदर १५४ रुपियाँ ५८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ १७ पैसा र बिक्रीदर १७३ रुपियाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ ९५ पैसा र बिक्रीदर २०४ रुपियाँ ७५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ २४ पैसा र बिक्रीदर १८५ रुपियाँ ९६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ३२ पैसा र बिक्रीदर १०७ रुपियाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ९१ पैसा र बिक्रीदर १०८ रुपियाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ४४ पैसा र बिक्रीदर १२० रुपियाँ ९१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ७३ पैसा र बिक्रीदर नौ रुपियाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ९७ पैसा र बिक्रीदर २३ रुपियाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ ०२ पैसा र बिक्रीदर ४१ रुपियाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ २४ पैसा र बिक्रीदर ४२ रुपियाँ ४१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ९३ पैसा र बिक्रीदर ४२ रुपियाँ ०९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६९ पैसा र बिक्रीदर ३७ रुपियाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ५० पैसा र बिक्रीदर ११ रुपियाँ ५५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३९ पैसा र बिक्रीदर १५ रुपियाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १७ पैसा र बिक्रीदर २३ रुपियाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६२ पैसा र बिक्रीदर १९ रुपियाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपियाँ ६९ पैसा र बिक्रीदर ५०१ रुपियाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपियाँ ४१ पैसा बिक्रीदर ४१० रुपियाँ, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ ९५ पैसा र बिक्रीदर ४०१ रुपियाँ ५१ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्