राजनीति

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेको छ ।

खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिनुभएको छ ।

समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरुङ र रञ्जित कर्णको उम्मेदवारी परेको छ ।

खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शङ्कर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिनुभएको छ ।

महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालको उम्मेदवारी परेको छ ।

यससँगै सभापतिमा तीन, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक/एक, खुला उपसभापतिमा नौ, समावेशी उपसभापतिमा पाँच, खुला महामन्त्रीमा आठ र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्