डायस्पोरा

भोटेकोशी बाढी पीडितहरूको लागि एनआरएनए युएईद्वारा ११ लाख ३५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईले ११ लाख ३५ हजार २४९ रुपैयाँ सहयोग गरेको छ ।

नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईले सङ्कलन गरेको ११ लाख ३५ हजार २४९ रुपैयाँ बाढीपीडितहरूको सहयोगार्थ एनआरएनए आईसीसी सचिव भवानीप्रसाद तिमल्सिना र मध्यपूर्व संयोजक रमेश श्रेष्ठमार्फत हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग रकम नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईका अध्यक्ष भीम मल्ल ठकुरी, महासचिव कमल कार्की, उपाध्यक्ष सबिन योञ्जन तामाङ, कोषाध्यक्ष विनोद बस्नेतलगायत सम्पूर्ण कार्यसमितिको उपस्थितिमा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।

बाढीबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले एनआरएनए एनसीसी युएईले सहयोग रकम सङ्कलन गरेको जनाएको छ। सङ्कलित रकम सम्बन्धित पीडितको राहत तथा सहयोगमा उपयोग हुने अध्यक्ष ठकुरीले बताए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्