डायस्पोरा

एनआरएनएका पूर्व अध्यक्ष आरके शर्माद्वारा रसुवा बाढीपीडितको लागि २५ लाख सहयोग

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि २५ लाख रुपियाँ सहयोग गर्नुभएको छ ।

शर्माको नेतृत्वमा कतारमा रहेको पिजन इन्जिनियरिङ ग्रुपका तर्फबाट शुक्रबार २५ लाख रुपियाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

भदौ १० गते तिब्बत हुँदै नेपाल प्रवेश गरेको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति गरेपछि शर्माले राहत तथा पुनस्र्थापनाका लागि उक्त सहयोग गर्नुभयो ।

शुक्रबार जारी विज्ञप्तिमार्फत शर्माले आफूले गरेको २५ लाख रुपियाँको सहयोगलाई आर्थिक रकमभन्दा पनि मातृभूमिप्रतिको दायित्व, माया र भावनाको अभिव्यक्तिका रूपमा व्याख्या गर्नुभयो । भूकम्प, महामारी तथा बाढी–पहिरो लगायतका राष्ट्रिय संकटका बेला विश्वभर छरिएका नेपाली एकजुट भएर मातृभूमिको पक्षमा उभिनु नेपाली समाजको बलियो पक्ष भएको उहाँको भनाइ छ ।

‘भूकम्प, महामारी र बाढी–पहिरोजस्ता राष्ट्रिय संकटका बेला हामी नेपालीहरू सधैँ एक भएर उभिएका छौँ’ उहाँले भन्नुभयो ‘आज फेरि त्यही एकता, सद्भाव र मानवीय भावनालाई व्यवहारमा उतार्ने समय आएको छ।’

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्