प्राकृतिक संकट सामना गरिरहेको नेपाललाई आवस्यक सहयोग गर्न अमेरिका तयार
वाशिंगटन । नेपाल–चीन सीमामा गएको ठूलो हिमपहिरो र चट्टानी पहिरोपछि बुधबार आएको भीषण बाढीले कम्तीमा १६० जनाको मृत्यु भएको र हजारौ मानिस बेपत्ता भएको प्राकृतिक प्रकोप पछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्राकृतिक संकट सामना गरिरहेको नेपाललाई सहयोगका गर्न अमेरिका तयार रहेको बताएका हुन् ।
अचानक आएको बाढी र पहिरोको भेलले ल्हेन्दे खोला र भोटेकोशी नदीको जलप्रवाह प्रणालीमा ठूलो क्षति पुर्याएको छ। बाढीले घर, पुल तथा अन्य भौतिक संरचना बगाएको छ। बेपत्ता हुनेमा अमेरिकी नागरिकसहित विभिन्न देशबाट नेपाल आएका दर्जनौँ विदेशी पर्यटक पनि रहेको बताइएको छ।
अमेरिकी अधिकारीहरूले सामाजिक सञ्जाल तथा आधिकारिक माध्यममार्फत नेपालप्रति समर्थन जनाउँदै मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन्। साथै, प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई सावधानी अपनाउन र आपत्कालीन सूचनासँग सम्पर्कमा रहन आग्रह गरिएको छ।