नेपाल

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात आएको बाढीले टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि  कार्यक्षेत्र (ड्यिुटी)मा खटिइएको प्रहरी टोली सम्पर्कविहीन बनेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठुलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठुलो क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो । “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर ड्यिूटीमा खटिइएको टोलीसँग सम्पर्क हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क गर्ने र स्थिति बुझ्ने प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्