राजनीति

काँग्रेस एकताका लागि गगन थापासँग संवाद गर्ने देउवाको तयारी

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको दूरी कम गर्दै एकताको वातावरण बनाउन सभापति गगन थापासँग छलफल गर्ने बताएका छन्।

आइतबार बिहान आफ्नै निवासमा डडेल्धुराका काँग्रेसका पूर्वसभापति कर्ण मल्लसँग भएको भेटमा देउवाले यस्तो धारणा राखेको मल्लले जानकारी दिएका छन्। उपचारपछि स्वदेश फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफू भेट्न पुगेको उनको भनाइ छ।

भेटका क्रममा मल्लले काँग्रेसलाई आगामी १५औँ महाधिवेशनतर्फ लैजाँदा देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावप्रति देउवा सकारात्मक देखिएको मल्लले बताएका छन्।

पार्टीभित्रको एकता कायम गर्न सभापति थापासँग संवाद गर्ने आश्वासन देउवाले दिएको मल्लको भनाइ छ। नेतृत्व तहमा आपसी समझदारी कायम गर्दै पार्टीलाई महाधिवेशनतर्फ लैजानुपर्ने विषयमा भेटमा छलफल भएको जनाइएको छ।

डडेलधुरामा दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका मल्ल पछिल्लो समय देउवासँग राजनीतिक रूपमा दूरीमा रहेका थिए। पछिल्लो भेटलाई भने उनीहरूबीच संवाद पुनः सुरु भएको घटनाका रूपमा हेरिएको छ।

काँग्रेसमा आगामी महाधिवेशन, नेतृत्व व्यवस्थापन र पार्टीभित्रको एकताका विषयमा बहस चलिरहेका बेला देउवा र मल्लबीचको भेट तथा सभापति थापासँग संवाद गर्ने देउवाको भनाइ सार्वजनिक भएको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्