याङ्री बोईज, रोयल स्पोट्र्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा
काठमाडौं । किङ्स क्रिकेट एकाडेमी, रोयल स्पोट्र्स पार्क र त्रिकल्प ईभेन्ट्सद्वारा संयुक्त आयोजित किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन– २ मा याङ्री बोईज, रोयल स्पोट्र्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनल प्रवेश गरेको छ ।
रोयल स्पोर्ट्स पार्कमा सम्पन्न भएको पहिलो क्वार्टरफाइनलमा पाङोलिन ट्राभल्सले बाकयार्ड ए लाई १७ रनले पराजित ग¥यो । पाङोलिन ट्राभल्सले ५ विकेट गुमाएर ९७ रन बनाएको थियो। पाङोलिन ट्राभल्सका लागि रविले ३७ र सुमितले २८ रन बनाए। जवाफमा बाकयार्ड ए ले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ८० रन मात्र बनाउना सक्यो।
अर्को क्वार्टरफाइनलमा याङ्री बोईजले द क्यानन क्लब माथि ३५ रनको जित निकाल्यो। याङ्री बोईजले ५ विकेट गुमाएर ७२ बनाएको थियो । याङ्री बोईज का लागि कृशले ३९ रनको योगदान दिए। जवाफमा द क्यानन क्लबले ७ विकेट गुमाउदै ३७ रन मात्र बनायो।
त्यस्तै, बाकयार्ड बिले मिक्समाण्डुलाई ३२ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। बाकयार्ड बि ले ६ विकेट गुमाउदै ८७ रन बनाएको थियो। बाकयार्ड बिका लागि सक्षम ले उत्कृष्ट पारि खेल्दै ६९ रन बनाए। जवाफमा मिक्समाण्डुले ७ विकेट गुमाएर ५६ रन मात्र बनायो।
चौथो क्वार्टरफाइनलमा रोयल स्पोट्र्स पार्क ब्लुले टिम एन्टी बायोटिक्सलाई २६ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय ग¥यो। रोयल स्पोट्र्स पार्क ब्लुले ६२ रन बनाएको थियो भने टिम एन्टी बायोटिक्स ३७ रन मै रोकियो।
सेमिफाइनल तथा फाइनल खेल भदौ ८ गते सोमबार रोयल स्पोर्टस पार्कमा हुनेछ।