गभर्नर न्युसमद्वारा पुनरावेदन अदालतका आठ न्यायाधीशहरूको मनोनयन घोषणा
स्याक्रामेन्टो । गभर्नर ग्याभिन न्युसमले पुनरावेदन अदालतका आठ न्यायाधीशहरूको मनोनयन घोषणा गरेका छन् । मनोनयन गरिएका न्यायाधीशहरू दोस्रो जिल्ला पुनरावेदन अदालत, डिभिजन ३ का लागि न्यायाधीश रसिदा एडम्स; दोस्रो जिल्ला पुनरावेदन अदालत, डिभिजन ६ का लागि न्यायाधीश डेनिस हिपाच; तेस्रो जिल्ला पुनरावेदन अदालतका लागि डेभिड स्याप; तेस्रो जिल्ला पुनरावेदन अदालतका लागि न्यायाधीश लरी ड्यामरेल रहेका छन् ।
त्यसैगरी चौथो जिल्ला पुनरावेदन अदालत, डिभिजन १ का लागि न्यायाधीश मार्शा अमिन; चौथो जिल्ला पुनरावेदन अदालत, डिभिजन १ का लागि न्यायाधीश लिसा रोड्रिगेज; चौथो जिल्ला पुनरावेदन अदालत, डिभिजन ३ का लागि न्यायाधीश जुलिएट म्याकउले; र छैटौं जिल्ला पुनरावेदन अदालतका लागि न्यायाधीश फ्रेडरिक चुङ रहेका छन् ।
गभर्नरले नौ जना सुपेरियर कोर्ट न्यायाधीशहरूको नियुक्ति पनि घोषणा गरेका छन् जसमा लस एन्जलस काउन्टीमा चार, रिभरसाइड काउन्टीमा एक, सान डिएगो काउन्टीमा दुई, सोनोमा काउन्टीमा एक अन्तरिम नियुक्ति र सान फ्रान्सिस्को काउन्टीमा एक अन्तरिम नियुक्ति रहेको छ ।