बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ३१ पैसा र बिक्रीदर १५२ रुपियाँ ९१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ३१ पैसा र बिक्रीदर १७६ रुपियाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ७४ पैसा र बिक्रीदर २०५ रुपियाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ०६ पैसा र बिक्रीदर १८८ रुपियाँ ८० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ०५ पैसा र बिक्रीदर १०७ रुपियाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ५० पैसा र बिक्रीदर १०८ रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ६६ पैसा र बिक्रीदर ११९ रुपियाँ १३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५५ पैसा र बिक्रीदर २२ रुपियाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५५ पैसा र बिक्रीदर ४० रुपियाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७८ पैसा र बिक्रीदर ४१ रुपियाँ ९५ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४७ पैसा र बिक्रीदर ४१ रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १८ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ६४ पैसा र बिक्रीदर १० रुपियाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९३ पैसा र बिक्रीदर १५ रुपियाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४५ पैसा र बिक्रीदर २३ रुपियाँ ५४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्रीदर १९ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ ८० पैसा र बिक्रीदर ४९७ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ ९५ पैसा बिक्रीदर ४०५ रुपियाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ५९ पैसा र बिक्रीदर ३९७ रुपियाँ १५ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।