कोलोराडोमा नेवाः संस्कृति परंपरा अनुसार सामूहिक बेल विवाह सम्पन्न
नेवारी सनातन धर्मग्रन्थ अनुसार 'इहि' (बेल विवाह) नेवार समुदायको एक पवित्र संस्कार हो, जसमा रजस्वला हुनुअघिका (सामान्यतया ५ देखि ९ वर्ष उमेरका) बालिकाको भगवान् विष्णुसँग (जो सुनको प्रतिमा र बेलको फलका रूपमा प्रतिनिधित्व गरिएका हुन्छन्) प्रतीकात्मक विवाह गराइन्छ। यस शाश्वत आध्यात्मिक विवाहले ती बालिका आफ्नो जीवनकालमा कहिल्यै पनि विधवा नहुने शास्त्रीय मान्यता छ ।
नातिबाबु भट्ट, कोलोराडो । कोलोराडोका नेपाली समुदायले नेवारी संस्कृती परंपरा अनुसार चौथो इही, (सामूहिक बेल विवाह) बिधी पुर्वक सम्पन्न गरेका छन।

नेवाःखलः कोलोराडोको आयोजनामा खलःका कार्यसमिति, स्वयंसेवक र इहीमा संलग्न कन्याहरूका परिवारहरूको समुपस्थितिमा चौथो इही, (सामूहिक बेल विवाह) संस्कार बिधी पूर्वक सम्पन्न गरिएको हो ।

गुरू बीरेन्द्र राजोपाध्याय तथा गुरूमां प्रतिभा शर्माद्वारा सु सम्पन्न भएको कार्यक्रममा स्थानिय नेवाः कन्याहरू जोया श्रेष्ठ वान्तवा, प्रनेहा श्रेष्ठ, गुराँस श्रेष्ठ यस संस्कारबाट लाभान्वित भएको नेवाःखलः कोलोराडोका अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् ।

नेवारी सनातन धर्मग्रन्थ अनुसार ‘इहि’ (बेल विवाह) नेवार समुदायको एक पवित्र संस्कार हो, जसमा रजस्वला हुनुअघिका (सामान्यतया ५ देखि ९ वर्ष उमेरका) बालिकाको भगवान् विष्णुसँग (जो सुनको प्रतिमा र बेलको फलका रूपमा प्रतिनिधित्व गरिएका हुन्छन्) प्रतीकात्मक विवाह गराइन्छ। यस शाश्वत आध्यात्मिक विवाहले ती बालिका आफ्नो जीवनकालमा कहिल्यै पनि विधवा नहुने शास्त्रीय मान्यता छ ।

नेवारी महिलाहरुले सौभाग्यका लागि व्रत बसी कामना गर्नु पर्ने आवश्यकता धर्मशास्त्रले देखाएको छैन । यसै कारणले सनातन हिन्दू नै भएतापनि केही नेवारी महिलाहरुले तीजको व्रत लिनेगरेका छैनन् ।

कोलोराडोमा नेवाः समुदायको जनघनत्व बढेसॅंगै १६ वर्षअघि बिधिवत् स्थापित नेवाः खलःले नेवारी भाषा र नेवारी संस्कृति, संरक्षण र पहिचान मार्फत नयाँ पुस्तालाई सूसुचित गराउँदै आएको छ ।