इमिग्रेशन अपडेट

अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागु

काठमाडौँ । अध्यागमन विभागले सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘डिजिटल टाइम कार्ड’ (डिटिसी) प्रणाली कार्यान्वयनमा ल्याएको छ । सरकारले १३ चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यक्रमको २३ औँ बुँदामा सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङयोग्य र पारदर्शी बनाउने उल्लेख गरिएको थियो । 

सोही योजना अनुसार विभागले अध्यागमन सेवामा डिजिटल प्रविधि विस्तार गर्दै डिजिटल टाइम कार्ड प्रणाली लागु गरेको जनाएको छ ।

अध्यागमन विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यो प्रणाली लागु भएसँगै सेवाग्राहीले आफ्नो आवेदनको अवस्था हेर्न सक्ने छन् । आवेदन कुन चरणमा पुगेको छ, सेवा सम्पन्न हुन कति समय लाग्ने छ, आवश्यक प्रव्रिmया पूरा भए, नभएको अवस्था तथा शुल्क भुक्तानीसम्बन्धी जानकारी मोबाइलमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।

हालसम्म सेवाग्राहीले आवेदनको अवस्थाबारे जानकारी लिन पटक पटक काउन्टर धाउनुपर्ने, लामो लाममा बस्नुपर्ने तथा काम कहिले सम्पन्न हुन्छ भन्ने स्पष्ट जानकारी नपाउने समस्या थियो । डिजिटल टाइम कार्ड प्रणालीले यस्तो झन्झट हटाउने विभागको दाबी छ ।

यो प्रणालीमार्फत प्रत्येक शाखाको प्रतीक्षालयमा राखिएको क्युआर कोड स्क्यान गरेर आवेदन ट्र्याक गर्न सकिने व्यवस्था गरिएको छ । साथै विभागको आधिकारिक वेबसाइटमार्फत पनि आवेदनको अवस्थाबारे जानकारी लिन सकिने छ । विभागका अनुसार डिजिटल टाइम कार्डमार्फत नै शुल्क भुक्तानी गर्न सकिने तथा हरेक चरणको सूचना तत्काल प्राप्त हुने भएकाले सेवाग्राहीलाई थप सहज हुने छ ।

विभागले यो प्रणालीलाई ‘उत्तरदायी अध्यागमन सेवा’ अभियान अन्तर्गतको महìवपूर्ण डिजिटल सुधारका रूपमा लिएको जनाएको छ । प्रणालीमार्फत कर्मचारीको कार्यसम्पादनसमेत डिजिटल अभिलेखका आधारमा मूल्याङ्कन गर्न सकिने भएकाले जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने विश्वास गरिएको छ ।

त्यस्तै सेवा प्रवाहमा गति र दक्षता वृद्धि हुनुका साथै तथ्याङ्कमा आधारित कार्यसम्पादन मूल्याङ्कन गर्न सहज हुने विभागको भनाइ छ । सेवाग्राहीको गुनासो तथा प्रतिव्रिmयासमेत डिजिटल रूपमा अभिलेखीकरण हुने भएकाले सेवाग्राहीको विश्वास बढ्ने अपेक्षा गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.