डायस्पोरा

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन आगामी अगष्टमा आयरल्याण्डमा आयोजना हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको १७औं युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने भएको छ । आयरल्याण्डको डब्लिनमा अगष्ट १०–१२ तारिखमा आयोजना हुने सम्मेलनको ‘संकल्प’ नाम दिएर तयारी सुरु गरिएको युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बुले जानकारी दिए ।

आइतबार सम्मेलनबारे प्रारम्भिक जानकारी दिन आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा डबलिन डिक्लेरेसन जारी गर्ने मुख्य लक्ष्यसहित आयोजना हुन लागेको यस सम्मेलनले विशेषगरी नागरिकताको निरन्तरता, वैदेशिक लगानी र संस्थागत सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राखेको उनले बताए ।

सम्मेलनमा दोहोरो नागरिकता, नागरिकताको अधिकार, एनआरएन हेडको विषय र गोर्खा भेटरन्सको अधिकारका बारेमा पैरवी गरिनेछ। साथै, डायस्पोराको राजनीतिक र नागरिक सहभागिताका विषयमा पनि बहस हुनेछ।

डायस्पोरामा रहेको पुँजीलाई कसरी नेपालको जलविद्युत, पर्यटन, कृषि र प्रविधि क्षेत्रमा परिचालन गर्ने भन्ने विषयमा स्पेसिफिक छलफल हुनेछ। विशेषगरी अध्यक्षको १० अर्बको फ्ल्यागसिप कार्यक्रमु सँग जोडेर लगानीका क्षेत्र पहिचान गरिनेछ ।

तत्कालीन लाभभन्दा पनि दीर्घकालीन आर्थिक वृद्धिलाई कसरी सस्टेन गर्ने भन्नेमा केन्द्रित रहेर २०३० एक्सन रोडम्याप निर्माण गरिनेछ।

सम्मेलनले संस्थाभित्रको आन्तरिक लोकतन्त्र र संरचनात्मक सुधारलाई पनि महत्त्व दिएको छ। अदालतको फैसला र पछिल्लो परिस्थितिपछि एनआरएनए अहिले इन्स्टिट्युसनल रिफर्मु र स्ट्रेटेजिक रिस्ट्रक्चरिङको प्रक्रियामा रहेको छ। यस पटक डेलिगेट्स प्रणाली र भोटिङ सिस्टममा आमूल परिवर्तन गरी सबै पञ्जीकृत सदस्यहरूले मतदान गर्न पाउने विधान कार्यान्वयनको दिशामा छलफल हुनेछ।

युरोपको सन्दर्भमा सेफ माइग्रेशन अत्यन्तै महत्वपूर्ण रहेको भन्दै यस विषयमा छुट्टै कार्यदिशा तय गरिनेछ। साथै, दोस्रो पुस्ताका युवाहरू र महिलाहरूलाई संस्थाको मूलधारमा कसरी ल्याउने र उनीहरूलाई कसरी सशक्त बनाउने भन्ने विषय सम्मेलनको कोर अब्जेक्टिभमा रहेको छ।

सम्मेलनलाई सफल पार्नका लागि एनआरएनए आइसीसी अध्यक्ष डा. हेमराज शर्माले सवैको साथले यस्ता इभेन्टहरु सफल हुने विश्वास व्यक्त गरे । त्यसमा आइसीसीको सक्रिय सहभागिता रहने प्रतिवद्धता व्यक्त गरे । यसैगरी महासचिव डा चिरञ्जीवि खड्काले सवै कुराहरु पारदर्शी तरिकाले सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । एनआरएनए उपाध्यक्ष रामशरण सिम्खडा, लोक दाहाललगायतका पदाधिकारीको उपस्थिति रहेको भर्चुअल पत्रकार सम्मेलनको सहजीकरण युरोप महिला संयोजक बाबा राजेश्वरी थापाले गरेकी थिइन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्