नेपाल

टेकु क्षेत्रमा चल्यो डोजर

काठमाडौँ । शुक्रबार काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाएको छ । यस अन्तर्गत आज बिहान टेकु क्षेत्रको सुकुमवासी बस्तीमा डोजर चल्न चलाइएको हो । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि बल्खुस्थित सुकुमवासी बस्तीमा डोजर चलाइएको छ ।

सरकारले दोस्रो चरण अन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाउन थालेको छ ।

सो क्षेत्रका आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।

अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको समय दिएको थियो ।

प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले धमाधम सामान सारेका थिए । यो क्रम आज बिहानसम्म पनि जारी छ।बस्ती भत्काउनका लागि ठुला डोजर (जेसिभी) तैनाथ गरिएको छ ।

काठमाडौँ उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुमवासी बस्ती खाली गराउने सरकारको अभियान अन्तर्गत आजदेखि दोस्रो चरणमा डोजर चलाइएको हो ।

यसैगरी, आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्