एक्सक्लुसीभ

रौतहट २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम निर्वाचित

रौतहट । रौतहट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम २९ हजार ५२८ मत ल्याई विजयी हुनु भएको छ ।

उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहलाई ११ हजार ०८६ मतान्तरले पराजित गर्नुभएको हो । पराजित साहले १८ हजार ४४२ मत प्राप्त गर्नु भएको निर्वाचन क्षेत्र नम्बर २ मुख्य निर्वाचन अधिकृत सिताराम खड्काले जानकारी दिनुभयो ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले नौ हजार ३२५ र जनता समाजवादी पार्टीका उम्मेदवार रामआशिषराय यादवले दुई हजार ९६० मत पाउनु भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.