राजनीति

मनाङमा नेपाली काङ्ग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित

मनाङ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ मनाङको समग्र उन्नयनमा आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि उहाँले आफूलाई अमूल्य मतदान गरि विजयी गराउनुहुने सबै मतदातालाई विशेष धन्यवाद समेत दिनुभयो ।

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार गुरुङ दुई हजार ४१५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ९नवीन०ले नौ मत पाउनुभएको छ ।

यहाँ कूल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिनुभयो । जिल्ला कूल मतदाता सात हजार रहेका छन् । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए ।

जिल्लाको विकासमा सक्रिय रहँदै उहाँ पर्यटन र पूर्वाधार विकाससँगै राजनितिक प्रतिनिधित्व गर्नुहुन्छ । विसं २०११ मङ्सिर ११ गते मनाङ ङिस्याङ गाउँपालिका–८ टङ्की मनाङमा उहाँको जन्म भएको थियो । ७१ वर्षीय नेता गुरुङ पार्टीका पाका नेताको रुपमा परिचित हुनुहुन्छ । मनाङको पूर्वाधार, पर्यटन, उर्जा क्षेत्रमा विकासमा उहाँको विशेष योगदान रहेको छ ।

विसं २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा पनि गुरुङ निर्वाचित हुनुभएको थियो । उहाँ विसं २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङसँग २८९ मतले पराजित हुनुभएको थियो । त्यसपछि उहाँ पुनः विसं २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा विसं २०७० फागुन १३ गतेदेखि विसं २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्रीसमेत बन्नुभएको थियो । विसं २०३६ सालमा वीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएर राजनीतिमा प्रवेश गर्नुभएका कांग्रेस मनाङका नेता एवं पूर्व जिल्ला सभापति टेकबहादुर गुरुङ हुनुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्