एक्सक्लुसीभ

यूएईमा इरानले गरेको आक्रमणमा एक नेपालीको मृत्यु

अबुधावी । यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार यस आक्रमणमा हालसम्म १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ इरानी ड्रोनसँग यूएईको वायुसेना र वायु रक्षा प्रणालीले सामना गरेको जनाएको छ । यी घटनामा तीन जनाको मृत्यु भएको छ, जहाँ एक नेपालीको पनि मृत्यु भएको गल्फ न्युजले लेखेको छ ।

साथै विभिन्न राष्ट्रका ५८ जना सामान्य घाइते भएका उल्लेख छ । यद्यपि मृतक नेपालीको परिचय भने खुलाइएको छैन ।

मृतक अन्य दुई जना पाकिस्तानी र बंगलादेशी नागरिक रहेका यूएईको रक्षा मन्त्रालयले जनाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको यस आक्रमणमा यूएईले १६५ ब्यालिस्टिक क्षेप्यास्त्र र ५४१ इरानी ड्रोनको सामना गरेको पनि समाचारमा उल्लेख छ ।

आक्रमणका कारण ५८ जना सामान्य घाइते भएका छन्, जसमा एमिराती, इजिप्टियन, इथियोपियन, फिलिपिनो, पाकिस्तानी, इरानी, ​​भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमेनी, युगान्डन, इरिट्रियन, लेबनानी र अफगानी नागरिकहरू सामेल छन् ।

यूएईको रक्षा मन्त्रालयका अनुसार आक्रमण सुरु भएदेखि इरानबाट प्रहार गरिएका १६५ ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १५२ वटा नष्ट गरिएका थिए भने १३ वटा समुद्रमा खसेका थिए ।

यसैगरी दुई क्रुज क्षेप्यास्त्र पनि पत्ता लगाएर नष्ट गरिएको समाचारमा उल्लेख छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्