राजनीति

एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाउने पक्राउ

काठमाडौँ । दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रेशम बोहराका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–५ विरेन्द्र चोकमा भएको उक्त घटनामा सङ्लग्न दाङ तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला बस्ने ५५ वर्षीय बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको हो ।

घटनामा सङ्लग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको तथा उक्त घटनाले सामाजिक सद्भावमा खलल पुर्‍याउने भएकोले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ ।

फागुन ७ गते बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरुले नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाइको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्