अर्थ

बजारमा सुनको मूल्यमा भारी वृद्धि

काठमाडौँ ।  आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू. पाँच हजार ५०० र चाँदीको मूल्य रू. २० ले वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा रू. २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू. चार हजार २५५ पुगेको छ ।

छापावाल सुन सोमबार तोलामा रु. दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य रू. चार हजार २३५ थियो ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्