खेलकुद

चिसोमा खेल्दा केही गाह्रो भयो, पहिलो जितबाट खुसी छौँ : करण

काठमाडौँ । काठमान्डु गोर्खाजका कप्तान करण केसीले नेपाल प्रिमिर लिग (एनपिएल) को पहिलो खेलमा जित निकाल्दा टोलीमा खुसी छाएको बताउनुभएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको उद्घाटन खेलमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्ष मोन्टी देसाईको प्रशिक्षणमा रहेको काडमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटको लज्जासपद हार चखायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरको ब्याटिङ कमजोर बन्दा काठमान्डुले एक सय ३१ रनको मध्यम लक्ष्य पाएको थियो । जसमा काठमान्डुले १८ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

जनकपुरको ब्याटिङ कमजोर बनाउन काठमान्डुको स्पीनर हाबी बनेको थियो । खेलपछि काठमान्डुका कप्तान केसीले टियु मैदानमा हजारौँदर्शकबिच डे नाइट खेल खेल्न पाउनु उत्कृष्ट क्षण भएको बताउनुभयो ।

“पहिलो पटक फ्लडलाइटको यस्तो माहोलमा खेल्न पाएका छौँ । चिसोमा खेल्न केही गाह्रो त भयो । पहिलो जितले झनै खुसी मिलेको छ । आज स्पीनरले राम्रो गरेको कारण जित्न सहज भयो । घरेलु र विदेशी खेलाडीबिच तालमेल पनि मिल्यो । त्रवि मैदान कहिले ब्याटिङ विकेट र कहिले बलिङ विकेट हुने गर्दछ । तर, हामी जितको लयलाई निरन्तरता दिएर अगाडि बढ्नेछौँ,” करणले भन्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्