एक्सक्लुसीभ

मधेशमा प्रदेश सभा विघटन र प्रमुख शासन लागू गर्न माग

जनकपुरधाम। मधेश प्रदेशमा सुशासन र सङ्घीयता व्यवस्थित गर्न माग गर्दै जनकपुरधामका स्वतन्त्र युवा समाजले प्रदेश सभा विघटन गरी प्रदेश प्रमुख शासन लागू गर्नुपर्ने मागसहित प्रदेश प्रमुखमार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।

समाजका सरोजकुमार मिश्रसहितको टोली जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा  संविधानको धारा २३२ को उपधारा (३) अनुसार प्रदेश प्रमुख शासन लागू गर्नुका साथै प्रदेश सभा विघटन गरी स्वतन्त्र नागरिकस्तरको सरकार गठन गर्नुपर्ने माग राख्दै प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई आइतबार ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा गत भदौ २३ र २४ गते जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनपछि पनि प्रदेशमा भ्रष्टाचार, राजनीतिक दलहरूबीचको खिचातानी र निर्वाचित सांसदहरूको आपसी नछुटा–छुटी बढ्दै गएको उल्लेख गरिएको छ ।

यस्ता गतिविधिले प्रदेशका मन्त्रालयदेखि कार्यालयसम्मको समग्र सेवा–सुविधा अस्तव्यस्त भएको र राज्य सञ्चालक दल तथा जनप्रतिनिधिबाट राष्ट्रियता र सार्वभौमसत्तामा समेत नकारात्मक असर पर्ने निर्णयहरू भइरहेको युवाहरूको दाबी छ ।

स्वतन्त्र युवाहरूले नेपालको संविधानअनुसार कम्तीमा छ महिनाका लागि प्रदेश मन्त्रिपरिषद् र प्रदेश सभालाई निलम्बन वा विघटन गरी अस्थायी रूपमा स्वतन्त्र नागरिक सरकार गठन गर्नुपर्ने माग राष्ट्रपतिसमक्ष राखिएको बताएका छन् ।

ज्ञापनपत्र बुझाउँदै समाजका पदाधिकारीहरूले भन्नुभयो, “प्रदेशमा फैलिएको अराजकता अन्त्य गरी सुशासन कायम गर्न यो कदम अनिवार्य छ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.