साहित्य

मिथिलाका विभूति विद्यापति स्मृति पर्व सम्पन्न

जनकपुरधाम । सहिद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रको आयोजनामा मिथिलाका विभूति विद्यापति स्मृति पर्व तथा पण्डित रमाकान्त झाको जन्मजयन्ति आज जनकपुरधाममा सम्पन्न भएको छ ।  

कार्यक्रममा सहभागीहरूले विद्यापतिको कालजयी रचनाहरूको लोकप्रियताका कारणले समाजमा सधैँ पूजित तथा सम्मानित महाकविको रुपमा रहनुभएको बताउँदै पण्डित रमाकान्त झा साहित्यिक योगदान भन्दा राजनीतिक योगदान ठूलो भएको बताउनुभयो । पण्डित झाको रचना त्रिभुवन विश्व विद्यालयको मैथिली विषयको स्नातकोत्तरमा पढाई हुने गरेको जानकारी त्यस अवसरमा दिइयो ।

कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले नेपालकै पहिलो अन्तरिम सरकारको मन्त्री बन्नलाई अस्वीकार गर्नुले उहाँको महानतालाई उजागर गरेको बताउनुभयो ।

सो कार्यक्रममा पुरात्व विभागका पूर्व इन्जिनियर गोपाल झा, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, मैथिल ब्राह्मण महासभाका अध्यक्ष इन्जिनियर भगवान् झा, इन्जिनियर प्रकाशचन्द्र साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, साहित्यकार सुजित कुमार झा लगायतले बोल्नुभएको थियो ।

सहिद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रका अध्यक्ष प्राध्यापक शम्भुनाथ झाको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार एवं कवि धिरेन्द्र झा मैथिलको “मैथिलीक सनेस” र “फुसिए लिखु” तथा काशीकान्त झाको “सत्य कथा” कविता सङ्ग्रहको लोकार्पण गरिएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्