राजनीति

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना हुने भएको छ ।

नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भनिएको पार्टी महाधिवेशन स्थल परिवर्तन गर्दै काठमाडौँ आयोजना गर्ने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

पार्टी उपमहासचिव ज्ञवालीले महाधिवेशनका लागि ६ लाख ६७ हजारभन्दा बढी पार्टी सदस्यहरूबाट प्रतिनिधि चयन गरिने पनि बताउनुभयो ।

यस्तै, बैठकले प्रतिनिधिसभा पुनः स्थापनाका लागि दबाब स्वरूप मङ्सिर ६ गते काठमाडौँमा जनसभा गर्ने निर्णय गरेको छ ।

उपमहासचिव ज्ञवालीले संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाको लागि वडादेखि केन्द्रसम्म जनपरिचालन गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।

पार्टिकले दबाब कार्यक्रम स्वरूप कात्तिक २१ गते देशभरका वडा, कात्तिक २५ गते पालिकाहरूमा जनसभा तथा प्रदर्शन गर्ने, कात्तिक २९ गते जिल्ला र मङ्सिर ६ गते काठमाडौँमा जनसभा गर्ने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्