एक्सक्लुसीभ

निर्वाचनका लागि भयरहित वातावरण बनाउन कटिबद्ध छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समय फागुन २१ मा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ । देशको प्रमुख राजनीतिक दलका नेताहरुसँग आज भएको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री कार्कीले निर्वाचन गराउनकै निम्ति सरकार अहोरात्र खटिएर काम गरिरहेको बताउनुभयो । सुरक्षा निकाय पनि सुरक्षा प्रत्याभूति गराउन काम गरिरहेको उहाँले बताउनुभयो । दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा प्रधानमन्त्री कार्कीले भन्नुभयो– यसबिचमा घाइतेहरूको उपचार, सहिदको शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो।

सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरुचाएको उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ।

अब जेनजी र दलहरू बसौँ । जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ उहाँले भन्नुभयो ।

चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो । दलका नेताहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको उहाँले विश्वास दिलाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताउनुभयो ।

बालुवाटारमा जारी बैठक सम्पन्न भएको छ । बैठकमा दलका नेताहरुले निर्वाचनका लागि भयरहित वातावरण बनाउनु पर्ने, सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने माग राखेका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्