नेपाल

सेना सवार बस दुर्घटना, २४ सैनिकसहित २६ जना घाइते

इटहरी । भोजपुरमा निर्वाचनका लागि खटिएको नेपाली सेनाको टोली सवार रहेको बस दुर्घटना हुँदा २४ जना सैनिकसहित २६ जना घाइते भएका छन् । दुर्घटनामा पर्नेमा दुईजना चालक र सहचालक रहेका छन् ।

बुधबार दिउँसो भोजपुर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा बस दुर्घटना भएको सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीले जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुर नगरपालिकाबाट टेम्केमैयुङ गाउँपालिकामा अस्थायी बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको हेडक्वाटरले जनाएको छ ।

भोजपुरस्थित नयाँ श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको थियो । गम्भीर घाइते १५ जना सैनिक र चालक तथा सहचालकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका सात जना सैनिकको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेका छ । सामान्य घाइते भएका दुई सैनिक उपचारपछि गणमा फर्किएको बताइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्