अर्थ

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य शुक्रबार पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ६४५ कायम भएको छ । बिहीबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४८५ मा कारोबार भएको थियो ।

बुधबार एक तोला सुन रु दुई ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ मा कारोबार भएको थियो । मङ्गलबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो ।

गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्