एक्सक्लुसीभ

समानुपातिक निर्वाचन प्रणालीका लागि १ सय दलका ९३ निवेदन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणालीका लागि १ सय राजनीतिक दलहरूका ९३ वटा निवेदन प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

एकल चुनाव चिन्ह लिने ५ निवेदनमा १२ दलसहित १ सय दलको ९३ निवेदन प्राप्त भएको समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृत एवं सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन निवेदन दिएका दलहरूको भोली नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिन चाहने दलहरूका लागि मङ्सिर २५ गतेको समय निर्धारण गरिएको सहसचिव भट्टराईले बताउनुभयो ।

निवेदन माथि आवश्यक छानविन गरी मङ्सिर २६ गते दलहरूको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्