एक्सक्लुसीभ

विवादास्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । विवादास्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी पुष्टि गरेको छ ।

यसअघि १५ चैतमा राजसंस्था पुनर्बहालीको लागि भएको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । विवादास्पद मेडिकल ब्यावसायी पछिलो समय राजावादी गतिविधिमा संलग्न रहदै आएको र बैंकबाट लिएको ऋण मिनाहा गर्नुपर्ने माग राख्दै आन्दोलनको तयारीमा थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्