एक्सक्लुसीभ

मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । मौजुदा मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उहाँले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गर्नुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस हुनुभएको छ । उहाँहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्