राजनीति

बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

कुल ११० सदस्यीय बागमती प्रदेशसभामा आज ९२ जना सदस्य उपस्थित हुनुहुन्थ्यो । उपस्थितमध्ये मुख्यमन्त्री बानियाँको विश्वासको मतको पक्षमा ६३ जना, विपक्षमा २२ र तटस्थमा सात जनाले मतदान गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम मुख्यमन्त्री बानियाँले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको उहाँले घोषणा गर्नुभयो ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि उहाँले आज विश्वासको मत लिनुभएको हो ।

प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ः०० बजे बस्नेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्