एक्सक्लुसीभ

प्रतिनिधिसभा सदस्यको लागि रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।

रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन । पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।

रास्वपाका मनाङका उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उहाँले बताउनुभयो । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिनुभएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिनुभयो ।

झापा निर्वाचन क्षेत्र १ मा निशा डाँगी, झापा २ मा इन्दिरा राना, मोरङ ५ आशा झा, मोरङ ६ मा रुबिना आचार्य, सुनसरी १ मा सरिन (गोमा) तामाङ, कास्की ३ मा बिना गुरुङ, जुम्ला १ मा विनीता कठायत, हुम्ला १ मा टासी लामा, कैलाली १ मा कोमल ज्ञवाली, धादिङ १ मा आशिका तामाङ, काठमाडौँ १ मा रञ्जु दर्शना, ललितपुर ३ मा तोसिमा कार्की र चितवन ३ मा सोविता गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यसैगरी सप्तरी १ पुष्पा चौधरी, महोत्तरी ४ बाट गौरीकुमारी यादव र सर्लाही १ बाट नितिमा कार्कीले मनोनयन दर्ता गराउनुभएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्