नेपाल

पहिरो खस्दा बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी  । म्याग्दीको पश्चिम क्षेत्रलाई सदरमुकामसँग जोड्ने प्रमुख सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सेवा अवरुद्ध बनेको छ । 

सोमबार दिउँसो बेनी–दरबाङ सडक खण्डअन्तर्गत पर्ने मङ्गला गाउँपालिका–२, खहरेखोलास्थित सडकमाथिबाट खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

ठुलो पहिरो खसेकाले खुलाउन कठिनाइ भएको छ । गत वर्षदेखि त्यस क्षेत्रमा पहिरो जान थालेको हो । उक्त पहिरोले विद्युतको पोल समेत ढलाएको छ । पहिरोको कारण यात्रु र यातायात व्यवसायी मर्कामा परेको व्यवसायी कमल फगामीले बताउनुभयो । बेनी–दरबाङ सडक खण्डअन्तर्गत बाङ्गे पहिरो, फापरखेत पहिरोका कारण म्याग्दीबासीले बर्सेनि सास्ती बेहोर्नुपरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्