अर्थ

दसैँका लागि सुकिला नोट सटही सुरु

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क तथा वित्तिय संस्थाहरुले दसैँका लागि सुकिला नोट सटही सुरु गरेको छ ।

राष्ट्र बैङ्कका उप–प्रवक्ता सुमन न्यौपानेले आइतबारदेखि दसैँलक्षित सुकिला नोट वितरण सुरु भएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रति प्याकेट १८ हजार पाँच सय रुपियाँको सुकिला नोट वितरण गरिएको छ । उहाँले भन्नुभयो, “नोट सटही सुरु भएको छ । थापाथलीस्थित नेपाल राष्ट्र बैङ्क र प्रदेश कार्यालयहरुबाट वितरण भइरहेको छ ।”

उहाँकाअनुसार राष्ट्र बैङ्कले अन्य बैङ्कहरुलाई सुकिलो नोट उपलब्ध गराएको छ भने उक्त बैङ्कहरुले तोकिएको शाखाबाट नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।

सर्वसाधारणले आफ्नो खाता भएको सम्बन्धित बैङ्कबाट सकिलो नोट प्राप्त गर्न सक्ने उहाँको भनाइ छ । उहाँले असोज १० गतेसम्म नयाँ नोट सटही गर्न सकिने जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्