खेलकुद

झापा गोल्डकप : आर्मी सेमिफाइनलमा

बिर्तामोड । झापाको बिर्तामोडमा जारी सातौ झापा गोल्डकपमा चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब लागिगुराँस एसोसिएसन पोखरालाई हराउँदै सेमिफाइनमा प्रवेश गरेको छ ।

मङ्गलबार सम्पन्न खेलमा पोखरालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा आर्मीका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गर्नुभयो । पोखराका लागि टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गर्नुभयो । पोखराका लक्षु थापाको प्रहार बाहिरियो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले असफल बनाउनुभएको थियो ।

खेलको प्लेयर अफ दि म्याच विजेता टिम आर्मीका गोलकिपर विकेश कुथु घोषित हुनुभयो । उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । बुधबारको एपिएफ क्लब र भुटानको रोयल थिम्पु कलेजबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले सात लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्