मनोरंजन

घिमिरेको आवाजमा ‘मायाको पोको’

काठमाडौँ । जयराम घिमिरेको आवाजमा ‘मायाको पोको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । घिमिरेकै शब्दमा तयार भएको उक्त गीतमा गायक घिमिरेलाई गङ्गा सोनाम र रेनुका खतिवडाले साथ दिनुभएको छ । 

गीतको लय तथा एरेन्ज सुफिक्स मदनको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गर्नुभएको छ । उमेश कार्की युके निर्देशित गीतमा दीपेन्द्र सोनाम, विनिता खड्कालगायतको अभिनय रहेको छ । रोशन धितालको सम्पादन तथा कलरिङ रहेको गीतलाई जयराम घिमिरे युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । मुख्यतया गीत प्रेम र धोकाको वरिपरि घुमे पनि गीतले माया गर्ने प्रेमिको भित्री अन्तरआत्माको कथा उजागर गर्ने गायक घिमिरेले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्