नेपाल

कावासोतीमा बस पल्टिँदा १५ जना घाइते

नवलपुर । नवलपुरमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत डण्डाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस कावासोतीको खरकट्टा जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालकले नियन्त्रण गुमाई बस सडक छेउमा पल्टिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

बसमा सवार ३० जना यात्रुमध्ये १५ जना घाइते भएको र घाइतेहरुलाई उद्दार गरी उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा तथा गम्भीर घाइतेलाई पुरानो मेडिकल कलेज चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

नयाँ फराकिलो बनेको सडकमा तीव्र गति तथा लेन नभएका कारण यहाँ दुर्घटना बढिरहेको देखिएको छ । दायाँबायाँ मोड्नका लागि स्पष्ट सडक संकेत नराखिएका कारण पनि दुर्घटना हुने गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्