नेपाल

काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन र आगजनी

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी रहेको छ ।

भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको जेन्जी पुस्ताको विरोध प्रदर्शन हिंसात्मक बनी १९ जनाको निधन भएपछि मंगलबार त्यसको विरोधमा विभिन्न स्थानमा जुलुस प्रदर्शन भएका छन् ।  कतिपय क्षेत्रको विरोध प्रदर्शन हिंसात्मक बनेको छ ।

कतिपय नेताका निवास तथा सरकारी भवनमा तोफफोड हुनुका साथै आगजनी भएको जानकारी सुरक्षाकर्मीले दिएका छन् । प्रदर्शनकारीले सडकमा टायर बोलेर सरकार विरुद्ध नारावाजी गरेका छन् । भैसी पार्टीस्थित प्रदेश मन्त्री निवासमा आगजनी भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्