एक्सक्लुसीभ

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छुः नेता डा कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताउनुभएको छ । 

बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको बताउनुभयो ।

डा कोइरालाले आफू पक्ष वा विपक्षभन्दा पनि कांग्रेसलाई एकढिक्का बनाउने पक्षमा रहेको जिकिर गर्नुभयो । “मलाई सामाजिक सञ्जालमा यो वा त्यो पक्षको भनेर प्रचार गरेको सुनेको छु, तर म पार्टीको कुनै समूहमा छैन । मेरो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने हो, त्यसका लागि म अन्तिमसम्म प्रयास गर्छु”, उहाँले भन्नुभयो ।

नेता डा कोइरालाले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताले पार्टी नछोडी मत मात्रै फेरेको भन्दै आगामी दिनमा त्यो भोटलाई  ‘सिफ्ट’ हुन नदिने गरी क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संसदमा कांग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक ‘हावाहुरी’ लाई बुझ्न नसक्नु मुख्य कारण भएको उल्लेख गर्नुभयो ।

बिपी स्मृति अस्पतालका संस्थापक अध्यक्षसमेत रहनुभएका डा कोइरालाले बिपी कोइरालाको नाममा खोलिएको यस अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न त्यहाँबाट अवकाश पाएका चिकित्सकहरूले विशेष योगदान दिनसक्ने बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्