एक्सक्लुसीभ

काँग्रेस विशेष महाधिवेशन कार्यक्रम स्थगन

काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ ।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गए राति निधन भएपछि काँग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो ।

विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा र्‍याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज तय भएका सबै कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।

भोलि पुस २७ गते तय भएका कार्यक्रम भने यथावत् रहेको नेता आचार्यले बताउनुभयो । भोलि भृकुटीमण्डपमा दोस्रो  विशेष महाधिवेशन उद्घाटन हुँदै छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्