नेपाल

एसइईको तयारी तीव्र, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले चैत १९ देखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी तीव्र गतिमा भइरहेको जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले एसइईको तयारी तीव्र रुपमा भइरहेको बताउँदै चैत्र १४ गतेसम्म सबै जिल्लामा परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तर पुस्तिका र अन्य आवश्यक सामग्री पुर्‍याई सकिने जानकारी दिनुभयो ।

बोर्डका अनुसार यस वर्षको एसइई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुने भएका छन् ।

गतवर्ष २०८१ को एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जना सहभागी भएका थिए ।

कुल परीक्षार्थीमा दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् ।

यस वर्षको एसइईमा सहभागी हुने विद्यार्थी गत वर्षको तुलनामा घटेका छन् ।

यस वर्ष एसइईमा सहभागी हुने विद्यार्थीमध्ये ७० हजार ८५५ ग्रेड वृद्धि तर्फ रहेका छन् । त्यस्तै जापानबाट २३ विद्यार्थीले एसइई दिने भएका छन् ।

यस वर्षको एसइई परीक्षाका लागि देशभर एक हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक  अधिकारीले बताउनुभयो ।

परीक्षा व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटिने बोर्डले जनाएको छ ।

परीक्षालाई मर्यादित बनाउन चारै वटा सुरक्षा निकाय सम्मिलित केन्द्रीय सुरक्षा समितिसँग र जिल्ला जिल्लामा परीक्षा समन्वय समितिमार्फत आवश्यक सबै प्रक्रिया भइरहेको परीक्षा नियन्त्रक  अधिकारीले बताउनुभयो ।

चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकसाथ बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ ।

फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका कारण एसइई परीक्षा गतबर्षको  भन्दा दुई साता पछि सारिएको हो । एसइईको नतिजा असारको तेस्रो साता प्रकाशन गर्ने योजना रहेको बोर्डले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्