खेलकुद

एपिएफमाथि फ्रेन्ड्सको सहज जित

काठमाडौँ । फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली एपिएफ फुटबल क्लबमाथि सहज जित निकालेको छ ।

एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले एपिएफलाई ३–१ गोलले हरायो । फ्रेन्ड्सको जितमा मन्दीप ढुङ्गेलले दुई र प्रभात बिसीले गोल गर्नुभयो ।

एपिएफका लागि असिम खड्काले गर्नुभएको सुरुवाती गोल सान्त्वना बन्यो । जितसँगै फ्रेन्ड्सले नौ खेलबाट १९ अङ्क बनाएको छ । पराजित एपिएफको समान खेलबाट १५ अङ्क छ ।

यस्तै आइतबार नै भएको अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लबले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । चर्च ब्वाइजका लागि स्वप्नील दर्लान र अप्सन गुरुङले गोल गर्नुभयो ।

सङ्कटाका लागि पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गर्नुभयो । बराबरीसँगै सङ्कटाले नौ खेलबाट १९ अङ्क बनाएको छ । चर्च ब्वाइजको समान खेलबाट १४ अङ्क छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्