खेलकुद

एनपिएल क्रिकेट मङ्सिरमा

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार विज्ञप्ती जारी गर्दै लिगको मिति घोषणा गरेको हो ।

लिगमा साविक विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडु गोर्खाज र विरागनगर किंग्स गरी आठ टोलीबिच प्रतिस्पर्धा हुने छ ।

फ्रेन्चाइज टोलीले रिटेन र अक्सन मार्फत घरेलु खेलाडी अनुबन्ध गरिसकेका छन् । अब विदेशी कोटा र ट्यालेन्ट हन्टबाट आउन खेलाडी अनुवन्धमा फ्रेन्चाइज टोली लागेका छन् ।

कतिपय टोलीले लिगको तयारी समेत सुरु गरिसकेका छन् । यसपटक फर्ड लाइटसहितको त्रिवि क्रिकेट मैदानमा एनपिएलको खेल हुने क्यानले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्