एक्सक्लुसीभ

‘अस्ट्रेलिया फर्स्ट’ को विरोध प्रदर्शन ‘जातिवादी’ र ‘जेनोफोबिक’ : एबी च्याटफिल्ड

सिड्नी । सामाजिक संजालमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएकी एबी च्याटफिल्डले अगस्ट ३१ मा आयोजना हुदै गरेको ‘अस्ट्रेलिया फर्स्ट’द्वारा आयोजित विरोध प्रदर्शनलाई ‘जातिवादी’ र ‘जेनोफोबिक’ भन्ने टिप्पणी गरेकी छिन्।

राष्ट्रवादी, देशभक्त र सामान्य अष्ट्रेलियालीहरूको ‘ग्रासरुट’ गठबन्धनद्वारा आयोजना गरिएको, ‘सामूहिक आप्रवासन’ अन्त्यको माग गर्न प्रमुख शहरहरुमा र्‍यालीहरू आयोजना हुने भएपछी एबी च्याटफिल्डले यस्तो टिप्पणी गरेकी हुन् ।

बुधबार टिकटकमा पोस्ट गर्दै एबीले भनेकी छिन्, ‘प्रस्तावित र्‍यालीहरू ‘जातिवादी’ र ‘जेनोफोबिक’ मानसिकताको उपज हो ।’

आफ्नो पोस्टमा एबीले दाबी गर्दै भनिन्, ‘अधिकांश अष्ट्रेलियालीहरू जातिवादी कुरासँग सहमत छैनन् ।’

उनले भनिन्, ‘अधिकांश अष्ट्रेलियालीहरू जातिवादी कुरासँग सहमत छैनन् । तर पागलहरू आफुलाई शक्तिशाली महसुस गर्न चाहन्छन् ।’

उनले आफ्नो टिक टक पोष्टमा भनेकी छिन्, ‘म यसबारे कुरा गर्न चाहन्नथें, किनभने म यसमा ध्यान आकर्षित गर्न चाहन्नथें । तर यसले अब सवैको ध्यान आकर्षित गरेको छ। त्यसैले यसको बारेमा कुरा गर्ने र यसको निन्दा गर्ने समय आएको छ ।’

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्