विदेशमा बसोवास गर्ने नेपालीहरुका लागि बडादसैँको टीकाको शुभ साइत सार्वजनिक
स्थान विशेषको समय र तिथिको भिन्नताका कारण विभिन्न देशमा टीकाको दिन र समय फरक हुने गरेको छ। उदाहरणका लागि, नेपालमा कात्तिक ४ गते (अक्टोबर २१) टीकाको साइत हुँदा अमेरिका लगायतका केही मुलुकमा भने अक्टोबर २० मै साइत पर्न जान्छ।
काठमाडौँ। बडादसैँ अन्तर्गत विजयादशमी पर्वको अवसरमा नेपालमा टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा तोकिएको छ। नेपालबाहिर भने भौगोलिक दूरी र समय अन्तरका कारण विभिन्न देशमा फरक-फरक मिति र समयमा टीकाको साइत पर्ने गरेको छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूको सुविधालाई ध्यानमा राख्दै यस वर्षको बडादसैँका लागि नेपालसहित २३ देशका लागि टीकाको उत्तम साइत सार्वजनिक गरेको छ। टीकाको साइत निर्धारण गर्दा स्थानविशेषको सूर्योदयको समय र दशमी तिथिको आधारलाई मुख्य रूपमा लिने गरिएको छ।
स्थान विशेषको समय र तिथिको भिन्नताका कारण विभिन्न देशमा टीकाको दिन र समय फरक हुने गरेको छ। उदाहरणका लागि, नेपालमा कात्तिक ४ गते (अक्टोबर २१) टीकाको साइत हुँदा अमेरिका लगायतका केही मुलुकमा भने अक्टोबर २० मै साइत पर्न जान्छ।
यसरी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले निकालेको साइतले विदेशमा रहेका नेपालीहरूलाई पनि आफ्नो मौलिक संस्कृति र परम्पराअनुसार सही समयमा विजयादसैँ मनाउन सहजता प्रदान गरेको छ।